×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सीटीईभीटीले माग्यो छात्रवृत्तिका लागि आवेदन

सीटीईभीटीले माग्यो छात्रवृत्तिका लागि आवेदन

काठमाडौं- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीले छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ । शैक्षिक सत्र २०७९/०८० मा डिप्लोमा तथा प्रमाणपत्र तहको वर्गीकृत निःशुल्क छात्रवृत्ति कोटाका लागि परिषद्ले आवेदन आह्वान गरेको हो ।

योग्यता पुगेका नेपाली नागरिकले साउन २९ गतेभित्र आवेदन दिनसक्ने जनाइएको छ । यसैगरी, परिषद्ले प्रि–डिप्लोमा तथा प्रमाणपत्र तहका लागि पनि आवदेन आह्वान गरेको छ । यसका लागि पनि साउन २९ गतेभित्र फारम भरिसक्नु पर्ने परिषद्ले निकालेको सार्वजनिक सूचनामा उल्लेख छ ।

 

 

 

प्रतिकृया दिनुहोस्