×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

बेलायतका सबै वयस्कलाई बुस्टर डोज दिइने

बेलायतका सबै वयस्कलाई बुस्टर डोज दिइने

बेलायतमा सम्पूर्ण  वयस्कलाइ कोभिडविरुद्धको खोप दिइने भएको छ । ओमिक्राेन ‌भेरियन्टकाे त्रास बढिरहेका बेला सबै वयस्कलाइ बुस्टर डोज दिन लागिएको हो । खोपसम्बन्धी अनुगमनकारी निकायले १८ वर्षमाथिका सबैलाइ खोप दिने तयारी गरेको हो । ‘हामी १८ वर्षमाथिका सबैलाइ खोप दिने तयारी गरेका छौं,’ राष्ट्रिय स्वास्थ्य सेवाका एक अधिकारीले भने । बेलायतमा शंकास्पद ७५ जनाको ओमिक्रोन परीक्षण भइरहेको छ ।

नयाँ भेरियन्टको भाइरस देखिएपछि बेलायतले दक्षिण अफ्रिकामा यात्रा प्रतिबन्ध लगाइसकेको छ । नयाँ भेरियन्ट देखिएसँगै फेस मास्क अनिवार्य गरिएको छ भने शंकास्पद व्यक्तिलाई आइसोलेसनमा बस्न अनुरोध गरिएको छ । बेलायतमा अहिलेसम्म १ करोड ८० लाखले बुस्टर डोज लगाइसकेका छन् । अब १८ देखि ३९ वर्ष उमेर समूहका १ करोड २८ लाखलाई बुस्टर डोज दिइनेछ । एजेन्सी

प्रतिकृया दिनुहोस्