×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

घोषणापत्रमा होइन, व्यवहारमा विकास गर्छु : नेता पाण्डे

घोषणापत्रमा होइन, व्यवहारमा विकास गर्छु : नेता पाण्डे

काठमाडौँ- राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले चितवन–३ मा एउटै व्यक्तिले पनि कसरी परिवर्तन गर्न सक्दो रहेछ भनेर देखाउन कम्मर कसेरै चुनावमा होमिएको बताएका छन्। बिहीबार भरतपुर–१६ सिद्धि–गणेश मन्दिरमा पूजापाठ र गंगा–आरतीसहित चुनावी प्रचारप्रसारको औपचारिक शुभारम्भ गर्दै नेता पाण्डेले सकारात्मक सोचका साथै चितवनको विकास, परिवर्तन र समृद्धिका लागि कम्मर कसेर लागेको बताएका हुन्।

नेता पाण्डेले यसअघिका नेता र दलले घोषणापत्रमा मात्रै सीमित रहेर विकास गरेको बताए। ‘घोषणापत्रमा समावेश दलका विकास घोषणापत्रमै सीमित छन्, तर हामी घोषणापत्रमा होइन, व्यवहारमा विकास गरेर देखाउँछौँ,’ पूर्वमन्त्रीसमेत रहेका नेता पाण्डेले भने, ‘त्यसको लागि आम मतदाताले विश्वास गरेर संसदमा पठाइदिन आवश्यक छ। 

प्रतिकृया दिनुहोस्