काठमाडौं- लोकगायिका दिलमाया सुनारको पोष्टमार्टम रिपोर्टमा ‘ह्यांगिङ’ देखिएको छ । अनुसन्धानमा खटिएका अधिकारीका अनुसार सोमवार गरिएको पोष्टमार्टममा ‘ह्यांगिङ’ देखिएको हो ।
यसले प्रारम्भिक चरणमा आत्महत्या गरेको देखाउने तर त्यसलाई आफैं गरेको हो कि अरू कसैले झुण्डाएको भन्ने विषयमा थप अनुसन्धानका लागि रगत जाँच गरिने प्रहरीले जनाएको छ ।
प्रहरीले अहिले उनको रगत जाँचको लागि नास्ट पठाउने तयारी गरेको छ । भजाइनल स्वाब परीक्षणका लागि भने प्रहरीको विधिविज्ञान प्रयोगशाला ९फरेन्सिक ल्याब० पठाइएको छ ।
रगतको रिपोर्ट आउन ७ दिन लाग्ने भएकाले त्यसपछि मात्रै आत्महत्या वा अरू कसैले झुण्डाएको भन्ने पत्ता लाग्ने प्रहरीले जनाएको छ ।