काठमाडौं- काठमाडौं उपत्यकामा एकैदिन ३४ सय सवारी चालकलाई कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बुधबार तीन हजार ४०९ जना सवारी चालकलाई कारबाही गरिएको हो।
मादक पदार्थ सेवन गरेर सवारी चलाउने १५९ जना, लेन अनुशासन पालना नगर्ने ४२ जना सवारी चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सडक बत्ती सम्बन्धी नियम पालना नगर्ने ५०, हर्न बजाउने १२५, नम्बर प्लेट मेटिएका, छोपिएका लगायतका २४ र अन्य ३ हजार ९ सवारीलाई कारबाही गरिएको हो।