×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कोरोना बढेपछि प्रचण्डले रोके प्रत्यक्ष भेटघाट

कोरोना बढेपछि प्रचण्डले रोके प्रत्यक्ष भेटघाट

काठमाडौँ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष भेटघाट बन्द गरेका छन् । बिहीबार नोटिस जारी गर्दै प्रचण्डको स्वकीय सचिवालयले अब पार्टीको नियमित प्रक्रियामार्फत हुने संस्थागत भेटघाटलाई पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामार्फत व्यवस्थित गर्न कोसिस गर्ने जानकारी दिएको छ ।

प्रचण्डको स्वकीय सचिवालयमा एक जनालाई कोरोना सङ्क्रमण देखिएकाले तीन दिनदेखि प्रत्यक्ष भेटघाट र संवाद बन्द रहेको पनि जानकारी गराइएको छ ।

‘राजनीतिक कामको व्यस्तता, भिडभाड र स्वास्थ्य सतर्कताको कमीका कारण काठमाडौँ लगायतका विभिन्न स्थानमा बढेको कोभिड सङ्क्रमण तथा स्वास्थ्यकर्मीहरूको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिनयतादेखि भौतिक रूपमा भेटेरै भइरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई आजैका दिनदेखि रोकेको कुरा जानकारी गराउँदछौ । यस कारण पर्न गएको अप्ठ्यारोका लागि सचिवालय क्षमा चाहन्छ ।

हामीले पार्टीको नियमित प्रक्रियामार्फत हुने संस्थागत भेटघाटलाई पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामार्फत व्यवस्थित गर्न कोसिस गर्नेछौँ। कतिपय संवाद, भेटघाट, बैठक र छलफललाई प्रविधिको प्रयोगमार्फत सहजीकरण गर्नेछौँ। केन्द्रीय कार्यालयका कतिपय जिम्मेवार कमरेडहरूलाई समेत कोभिड सङ्क्रमण पुष्टि भएकोले कार्यालयमा हुने भिडभाडमा पनि उच्च स्वास्थ्य सतर्कता अपनाउन सबैमा हार्दिक अनुरोध गर्दछौँ,’ प्रचण्डको स्वकीय सचिवालयले जारी गरेको नोटिसमा उल्लेख छ ।

 

प्रतिकृया दिनुहोस्