×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

नेपाल आइपुगे क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु

नेपाल आइपुगे क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु

काठमाडौं - नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक पुबुदु दासानायके आज (मंगलबार) नेपाल आइपुगेका छन् ।
दोस्रो पटक नेपालको मुख्य प्रशिक्षकको जिम्मेवमरी पाएका पुबुदु आज नेपाल आईपुगेका हुन् ।

उनलाई स्वागत गर्न नेपाल क्रिकेट संघका (क्यान)का तर्फबाट म्यानेजर बिनोद दास विमानस्थलमा पुगेका थिए ।

विमानस्थलबाट बाहिर निक्लीने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदै उनले नेपाली क्रिकेट टोलीको जिम्मेवारी आफुलाई दिइएकोमा खुसी व्यक्त गरेका थिए ।

साथै, उनले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउन आफुमा जिम्मेवार थपिएको बताए ।

मंसिर २५ गतेको बसेको क्यानको बोर्ड बैठकले मुख्य प्रशिक्षकको रुपमा पुबुदुलाई नियुक्त गरेको थियो ।

प्रतिकृया दिनुहोस्