×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विश्वकप जिते जर्मनीका खेलाडीले जनही चार लाख युरो पाउने

विश्वकप जिते जर्मनीका खेलाडीले जनही चार लाख युरो पाउने

एजेन्सी- कतारमा ५५ दिनपछि हुने फिफा विश्वकपको उपाधि जितेमा जर्मनीका खेलाडीहरूले जनही चार लाख युरो बोनस पाउने पक्का भएको छ । आइतबार जर्मन फुटबल संघ र खेलाडीबीच प्रतियोगिता बोनसमा सहमति भएको हो । 

यसअघि, सन् २०१८ को विश्वकपमा तीन लाख ५० हजार युरो बोनस पाउने भनिएको थियो । तर, रूसमा सम्पन्न २०१८ को विश्वकपमा जर्मनी समूह चरणबाटै बाहिरिएको थियो । जर्मनीले ब्राजिलमा सम्पन्न २०१४ को विश्वकपको उपाधि जित्दा जनही तीन लाख युरो बोनस प्राप्त गरेका थिए । 

कतार विश्वकपको समूह चरण पार गरेका प्रत्येक खेलाडीले ५० हजार युरो पाउनेछन् । त्यस्तै, अन्तिम आठमा स्थान बनाउन सफल भएमा जर्मनीका खेलाडीले जनही एक लाख युरो पाउनेछन् । 

जर्मनी अहिले समूह ‘ई‘मा छ । यस समूहमा जर्मनीले स्पेन, कोष्टारिका र जापनसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता २० नोभेम्बरबाट सुरु हुनेछ । जर्मनीले २३ नोभेम्बरमा जापनविरुद्धको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ । 

जर्मनीले कतार विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सफल भए प्रत्येक खेलाडीले एक लाख ५० हजार युरो जित्ने रोयटर्सले जनाएको छ । तेस्रो स्थान हासिल गरेमा प्रत्येक खेलाडीले दुई लाख युरो नगद बोनस पाउनेछन् । त्यस्तै, फाइनलमा पराजित भए प्रत्येक खेलाडीले २ लाख ५० हजार युरो बोनस पाउनेछन् । 

‘‘हामीले व्यापक छलफल गरेर सबैलाई मान्य हुने यस निर्णयमा पुगेका हौँ,’’ जर्मन फुटबल संघका अध्यक्ष बर्नड नेउनडोर्फले भने । बैठकमा खेलाडीको तर्फबाट म्यानुयल नेउर, थोमस मुलर, जोशुवा किमिच र इल्के गुन्डोगन सहभागी थिए । 

प्रतिकृया दिनुहोस्