×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

बिपीएल फाइनल: तान्जिद हसनको कीर्तिमानी शतक र सन्दीप आबद्ध राजशाहीलाई उपाधि

बिपीएल फाइनल: तान्जिद हसनको कीर्तिमानी शतक र सन्दीप आबद्ध राजशाहीलाई उपाधि

ढाका - ओपनर तान्जिद हसन तमिमको विष्फोटक शतक र बलरहरूको घातक प्रदर्शनको मद्दतले सन्दीप लामिछाने आबद्ध टोली राजशाही वारियर्सले बंगलादेश प्रिमियर लिग (BPL) २०२६ को उपाधि जितेको छ। शुक्रबार मिरपुरस्थित शेरे बंगला नेशनल क्रिकेट स्टेडियममा भएको फाइनल भिडन्तमा राजशाहीले चट्टोग्राम रोयल्सलाई ६३ रनको फराकिलो अन्तरले पराजित गर्दै दोस्रो पटक बीपीएलको ट्रफी उचालेको हो।

तान्जिदको ऐतिहासिक इनिङ
राजशाहीलाई बलियो योगफलतर्फ डोर्‍याउने क्रममा ओपनर तान्जिद हसनले शतकीय इनिङ खेले। उनी बीपीएल फाइनलमा शतक प्रहार गर्ने तेस्रो खेलाडी बनेका छन्। यसअघि क्रिस गेल र तमिम इकबालले मात्र यो सफलता हात पारेका थिए। तान्जिदले प्रतियोगिताभरिकै उत्कृष्ट बलर शोरिफुल इस्लाम र मेहदी हसन विरुद्ध आक्रामक सर्टहरू प्रहार गर्दै ४० बलमा ५० रन पूरा गरेका थिए भने अन्ततः १०० रनको योगदान दिए।

राजशाहीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७४ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो। जसमा केन विलियम्सनले १५ बलमा २४ रनको योगदान दिए।

चट्टोग्रामको ब्याटिङ ध्वस्त
१७५ रनको लक्ष्य पछ्याएको चट्टोग्राम रोयल्सका ब्याटरहरू राजशाहीका बलरसामु निरीह देखिए। बिनुरा फर्नान्डोले घातक बलिङ गर्दै मात्र ९ रन खर्चेर ४ विकेट लिएपछि चट्टोग्राम १११ रनमै समेटियो। सन्दीप लामिछाने सम्मिलित टोली राजशाहीले उत्कृष्ट बलिङ र फिल्डिङको नमुना प्रस्तुत गर्दै खेल पूरै आफ्नो नियन्त्रणमा राखेको थियो।

प्रतिकृया दिनुहोस्