×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जापानविरुद्ध कोस्टारिका : म्याच प्रिभ्यु

जापानविरुद्ध कोस्टारिका : म्याच प्रिभ्यु

काठमाडौ- कतारमा जारी फिफा विश्वकपमा आज आईतबार चार खेल हुदैछ। आजको पहिलो खेलमा समूह ‘ई’ मा रहेको जापान र कोस्टारिकाबिच प्रतिस्पर्धा हुनेछ। जापान र कोस्टारिका बिचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । जापान आजको खेलमा दोस्रो जितको खोजीमा रहने छ।

पहिलो खेलमा जापानले बलियो मानिएको जर्मनीलाई २-१ गोल अन्तरले पराजित गरेको थियो। उता,कोस्टारिका भने पहिलो जितको खोजीमा हुनेछन्। कोस्टारिका पहिलो खेलमा स्पेनसँग ७-० को अन्तरमा पराजित भएको थियो। कोस्टारिकालाई अन्तिम १६ मा स्थान बनाउन आजको खेल जित्नै पर्ने हुन्छ।

यस समूहमा स्पेन ३ अंक जोडेर शीर्ष स्थानमा रहदा जापान समान ३ अंकमा रहे पनि गोलअन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ। जर्मनी र कोस्टारिका अंक बिहिन रहेर क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन्।

हेड टु हेड –

जापान र कोस्टारिका बिचमा हालसम्म दुई खेल भएको छ। जसमा दुबै खेलमा जापान विजयी भएको छ। दुई टोलीबीच यो तेस्रो खेल हो।

प्रतिकृया दिनुहोस्