×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘आज २० जिल्लामा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

‘आज २० जिल्लामा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं- देशभरका अधिकांश क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। बाढी पूर्वानुमान महाशाखाले निरन्तरको ठुलो वर्षाका कारण हुनसक्ने सम्भावित जोखिम कम गर्नका लागि विशेष सतर्कता अपाउन आग्रह गरेको छ।

बिहान ३ बजेदेखि कास्की, स्याङजा, पाल्पा, कपिलबस्तु, रूपन्देही, अर्घाखाँची, नवलपरासी, प्युठान, दाङ, बाँके, कैलाली कञ्चनपुर, रुकुम, जाजरकोट, सुर्खेत, बारा, रौतहट, महोत्तरी, सर्लाही, काठमाडौं र आसपास धेरै स्थानमा ठूलो वर्षा  जारी रहेको महाशाखा तथ्यांक छ।

थप वर्षा हुने भएकाले ती जिल्लामा बहने साना नदीमा आकस्मिक बहावको उच्च सम्भावना रहेको छ। तटीय क्षेत्रामा अर्को ६ घण्टा उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ।

प्रतिकृया दिनुहोस्