×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बागमती कांग्रेसका प्रमुख सचेतक काफ्लेले दिए राजीनामा

बागमती कांग्रेसका प्रमुख सचेतक काफ्लेले दिए राजीनामा

काठमाडौं - बागमती प्रदेश कांग्रेस संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिएका छन् । उनले संसदीय दलका नेता बहादुरसिंह लामालाई आज बिहान भेटेर राजीनामा बुझाएका हुन् ।

काफ्लेलाई प्रदेश संसदीय दलको २०७९ माघ २ गते बसेको बैठकले दलको प्रमुख सचेतकमा नियुक्त गरेको थियो । पार्टीको केन्द्रीय सदस्यसमेत रहेका काफ्ले प्रदेशसभा सदस्यमा दोलखाको प्रदेशसभामा क्षेत्र नं १ को (१) बाट निर्वाचित भएका थिए ।
संसदीय दलका नेता लामालाई राजीनामा पत्र बुझाउँदै गरेको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेका काफ्लेले दलको प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी सङ्गठन र दोलखाली जनतालाई समय दिन नसकेको महसुस गरेकाले राजीनामा दिनु परेको कुरा उल्लेख गरेका छन् ।
 

प्रतिकृया दिनुहोस्