×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपाल प्रहरीका ९८ जना सईलाई इन्सपेक्टरमा बढुवा गर्न सिफारिस

नेपाल प्रहरीका ९८ जना सईलाई इन्सपेक्टरमा बढुवा गर्न सिफारिस

काठमाडौं - प्रहरी प्रधान कार्यालय नक्सालले लामो समयदेखि रोकिएको इन्सपेक्टर बढुवा सिफारिस सुची प्रकाशन गरेको छ । बिहिबार राति प्रहरी प्रधान कार्यालयले ९८ जना प्रहरी नायव निरीक्षक (सई) हरुलाई निरीक्षक (इन्सपेक्टर)मा बढुवाका लागी सिफारिस गरेको हो । 

२०६१ जेठमा सईमा बढुवा भएकाहरुलाई इन्सपेक्टरमा बढुवा सिफारिस गरिएको छ । बढुवा समितीले केशव थापालाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ ।
सात दिनसम्म कुनै उजुरी नपरेमा गृह मन्त्रालयले सो सिफारिसलाई सदर गरेपछि बढुवाले पूर्णता पाउँछ ।

प्रतिकृया दिनुहोस्