एजेन्सी । नाइजेरियाको एक कारागारबाट १८ सय भन्दा बढी कैदीबन्दी भागेका छन् । बन्दुकधारीहरुले कारागारमा आक्रमण गरेसँगै ती कैदीबन्दी भागेको बीबीसीले जनाएको छ ।दक्षिण पश्चिम शहर ओभरीमा रहेको कारागारमा अनधिकृत रुपमा प्रवेश गरेर ती बन्दुकधारीहरुले जथाभावी आक्रमण गरेको बताइएको छ ।
विद्रोहीको अक्रमणपछि पनि ३५ जना कैदीबन्दी भने नभागेको बताइएको छ । नाइजेरिय सरकारले प्रतिबन्धीत विद्रोही चरमपन्थीले कारागारमा आक्रमण गरेको दावी गरेको छ ।राष्ट्रपति मुहम्मद बुहारीले हतिरयारधारी समूहले नागरिकमाथि त्रास फैलाएको भन्दै निन्दा गरेका छन् । तर विद्रोहीले घटनाको जिम्मेवारी नलिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताएका छन् ।
आक्रमणकारी केही सवारीसाधान र भौतिक संरचनामा समेत आगजनी गरेका छन् ।