×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

दुईवटा रूसी सैनिक विमानस्थलमा विस्फोट

दुईवटा रूसी सैनिक विमानस्थलमा विस्फोट

मस्को- रूसका दुईवटा सैनिक विमानस्थलमा विस्फोट भएको छ ।  ती विस्फोटमा थुप्रै व्यक्तिको ज्यान गएको बीबीसीले जनाएको छ । राजधानी मस्कोदेखि दक्षिण–पूर्वमा रहेको र्‍याजान सहर नजिकको एउटा विमानस्थलमा एउटा इन्धन भरिएको ट्यांकर विस्फोट हुँदा तीनजनाको ज्यान जानुका साथै अन्य ६ जना घाइते भएका छन् । 

त्यसैगरी, सारातोभ क्षेत्रको एउटा विमानस्थलमा भएको अर्को विस्फोटमा दुई व्यक्ति घाइते भएका बताइएको छ । विस्फोट हुनुका कारण अझै थाहा हुन सकेको छैन । ती दुवै स्थान युक्रेनको सीमा क्षेत्रभन्दा सयौँ किलोमिटर टाढा पर्दछन् । 

सारातोभ क्षेत्रको इन्जेल्स हवाइ अखाडामा लामो दूरीका रूसी सामरिक बमवर्षक विमानहरु राखिएको विश्वास गरिएको छ । सारातोभ क्षेत्रीय गवर्नरले सुरक्षा फौजले सैन्य क्षेत्रमा भएको यस घटनामाथि छानबिन गरिरहेको बताएका छन् । 

बीबीसीको रूसी सम्पादक स्टेभेन रोजेनवर्गले दुईवटा छुट्टाछुट्टै सैनिक क्षेत्रमा भएका यी विस्फोटनलाई लिएर अब यसमा युक्रेनको हात हुनपर्ने भन्ने अडकलबाजी बढ्ने बताएका छन् । 

गत साता इन्जेल्स हवाइ अखडामा सैनिक विमानको गतिविधि बढिरहेको देखाउने खालका भूउपग्रह तस्बिरहरु सार्वजनिक गरिएपछि यी विस्फोटका घटना भएका हुन् ।

प्रतिकृया दिनुहोस्