×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

साफ च्याम्पियनसिपको उपाधि भारतलाई

साफ च्याम्पियनसिपको उपाधि भारतलाई

काठमाडौं - भारतले साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । मंगलबार बेंगलोरमा भएको फाइनल खेलमा कुवेतलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै भारतले उपाधि उचालेको हो । 
निर्धारित र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । 

शबैश अल खाल्दीले खेलको १४ औं मिनेटमा गोल गर्दै कुवेतलाई सुरुआती अग्रता दिलाएका थिए । लल्लियान्जुआला चाग्तेले ३८ औं मिनेटमा गोल गर्दै भारतलाई बराबरीमा ल्याउन सफल भए ।

पेनाल्टी सुटआउटमा कुवेतका कप्तान खालिद हाजियाको प्रहार गोलकिपर गुरप्रित सिंह सन्धुले रोकेपछि भारत प्रतियोगिताको च्याम्पियन बनेको हो । 

समूह चरणको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।  भारतले नवौं पटक साफ च्याम्पियनसिप प्रतियोगिताको उपाधि उचाल्न सफल भएको छ ।

भारतले यसअघि १९९३, १९९७, १९९९, २००५, २००९, २०११, २०१५ र २०२१ मा साफ फुटबलको उपाधि जितेको थियो ।

प्रतियोगिताको १४ वर्षमा भारत ९ पटक च्याम्पियन बनेको हो । 

उपाधिसँगै भारतले ५० हजार अमेरिकी डलर रुपैयाँ प्राप्त गर्न सफल भएको छ । उपविजेता कुवेतले २५ हजार अमेरिकी डलर प्राप्त गरेको छ । 

प्रतिकृया दिनुहोस्