×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

फेरि बराबरीमा रोकियो स्पेन

फेरि बराबरीमा रोकियो स्पेन

काठमाडौँ: युरोकप अन्तर्गत स्पेन पोल्याण्डसँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा स्पेन पोल्याण्डसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

स्पेनले खेलको २५औं मिनेटमा अल्भारो मोराटाको गोलमा शुरुवाती अग्रता लिएको भएपनि खेलको ५४औं मिनेटमा रोबेर्ट लेवानडोस्कीको गोलमा पोल्याण्डले खेल बराबरी गरेको थियो । त्यस्तै यस खेलमा स्पेनले खेलको ५८औं मिनेटमा पाएको पेनाल्टी मिस गरेको थियो । स्पेनका लागि जेरार्ड मोरेनोले पेनाल्टी मिस गरेका हुन् ।

काठमाडौँ । युरोकप अन्तर्गत स्पेन पोल्याण्डसँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा स्पेन पोल्याण्डसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

स्पेनले खेलको २५औं मिनेटमा अल्भारो मोराटाको गोलमा शुरुवाती अग्रता लिएको भएपनि खेलको ५४औं मिनेटमा रोबेर्ट लेवानडोस्कीको गोलमा पोल्याण्डले खेल बराबरी गरेको थियो । त्यस्तै यस खेलमा स्पेनले खेलको ५८औं मिनेटमा पाएको पेनाल्टी मिस गरेको थियो । स्पेनका लागि जेरार्ड मोरेनोले पेनाल्टी मिस गरेका हुन् ।

यो बराबरीपछि स्पेन लगातार दोस्रो खेलमा बराबरीमा रोकिएको छ । यसअघि पहिलो खेलमा स्विडेनसँग पनि गोलरहित बराबरीमा रोकिएको थियो । समूह ‘इ’मा रहेको स्पेनको २ खेलमा २ अंक रहेको छ भने पोल्याण्डको २ खेलमा एक अंक रहेको छ ।

त्यस्तै समूह ‘इ’ मा स्विडेनको २ खेलमा ४ अंक रहेको छ भने स्लोभाकियाको २ खेलमा ३ अंक रहेको छ । अब समूह चरणको अन्तिम खेलमा स्पेनले स्लोभाकियासँग र पोल्याण्डले स्विडेनसँग खेल्ने छ ।

प्रतिकृया दिनुहोस्