×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

२० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई १० हजार रुपैयाँ दिइने

२० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई १० हजार रुपैयाँ दिइने

कालीकाेट- कालीकोटको खाँडाचक्र नगरपालिका–१ ले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई १० हजार रुपैयाँ प्रदान गर्ने भएको छ ।  वडाले बालविवाह न्यूनीकरण गर्न  यस्तो निर्णय गरेको जनाइएको छ ।

बालविवाहविरुद्धको साझा अभियान कालीकोटका संयोजक खडानन्द अधिकारीको वडालाई बालविवाह न्यूनीकरणका लागि वडाले गरेको निर्णयले केही हदसम्म कम गर्ने बताए । ‘बालविवाह गर्ने चलन निकै रहेको ठाउँमा वडाले पुरुस्कार दिँदा न्यूनीकरण हुन्छ भन्ने उद्देश्य राखेको छ’, उनले भने, ‘उमेर नपुगी विवाह गर्ने चलन अन्त्य गर्नका लागि यो अभियानलाई जिल्लाभर लैजान जरुरी रहेको छ ।’

दलित समुदायका उमेर पुगेर विवाह गर्ने महिलालाई १० हजार रुपैयाँ नगद दिने निर्णय वडाले गरेको वडाध्यक्ष धर्मराज ताम्राकारले जानकारी दिए । ‘हामीले उमेर पुगेर विवाह गर्ने किशोरीलाई पुरस्कार दिने निर्णय गरेका छौँ’, उनले भने, ‘यसले बालविवाह न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास लिएका छौँ ।’

विशेषगरी विद्यालयस्तरमा र बालविवाहबारे चेतना जगाउने खालका कार्यक्रमलाई विशेषरूपमा नगरपालिकाले अगाडि बढाएको नगरपालिका उपमेयर गणेशबहादुर शाहीले बताए । ‘अहिले उमेर पुगेपछि विवाह गर्ने किशोरीलाई एउटा वडामा मात्रै पुरस्कार दिने निर्णय गरेका छौँ ।’ उनले भने, ‘आउँदाे दिनमा नगरपालिका सबै वडामा यो कार्यक्रम लागू गर्ने योजना रहेको छ ।’ रासस

प्रतिकृया दिनुहोस्