×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कांग्रेस उपसभापतिमा खड्का र गुरूङ निर्वाचित, गच्छदार २ मतले पराजित

कांग्रेस उपसभापतिमा  खड्का र गुरूङ  निर्वाचित, गच्छदार २ मतले पराजित

काठमाडौं -  नेपाली कांग्रेसको उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । दुईजना सभापतिका लागि ७ जना उम्मेदवार चुनावी मैदानमा थिए ।
बुधबार राति सम्पन्न मतगणनामा खड्काले २१२१ मत पाए भने गुरुङले १९०८ मत पाए । तेस्रो स्थानमा रहेका विजयकुमार गच्छदारले १९०६ मत पाए । उनी ८ मतले पराजित भएका छन् । चौथो स्थानमा रहेका डा. चन्द्र भण्डारीले १५८० मत पाए ।
झिनो मतान्तरले पराजित भएपछि गच्छदारले मत परिणाम घोषणा गर्न निर्वाचन समितिलाई रोकेकाले औपचारिक घोषणा हुन बाँकी रहेको छ । आफै मतगणना स्थल पार्टी कार्यालयमा उपस्थित हुने आफ्ना प्रतिनिधिलाई गच्छदारले सन्देश पठाएको बुझिएको छ ।

खड्का शेरबहादुर देउवा पक्षका उम्मेदवार हुन भने गुरुङ शेखर कोइराला पक्षका उम्मेदवार हुन् । देउवा कांग्रेस सभापतिमा निर्वाचित भइसकेका छन् ।

उपसभापतिमा विजयी खड्का निवर्तमान महामन्त्री हुन् भने गुरुङ केन्द्रीय सदस्य थिए । गुरुङ नेविसंघका पूर्व अध्यक्ष हुन् ।

प्रतिकृया दिनुहोस्