×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमाले र माओवादी केन्द्र ब्युँताउने आदेश पुनरावलोकन सर्वोच्चद्वारा अस्वीकार

एमाले र माओवादी केन्द्र ब्युँताउने आदेश पुनरावलोकन  सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं - सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने आदेश पुनरावलोकन  गर्न अस्वीकार अस्वीकार गरेको छ । अदालतले पहिलेकै फैसला सदर पनि गरेको छ । 
नेकपाको दर्ता खारेज गर्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि माओवादी अध्यक्ष प्रचण्डले मंगलबार रिट दायर गरेका थिए ।

सो मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको पूर्ण इजलासमा आज चढेको थियो । 

तर अदालतले फागुन २३ कै फैसलालाई सदर गर्दै निस्सा दिन अस्वीकार गरेको हो । 
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई विघटन गरी एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा ब्युँताउने सर्वोच्च अदालतले फागुन २३ गते फैसला गरेको थियो । 

प्रतिकृया दिनुहोस्