काठमाडौँ- जनमत पार्टीका अध्यक्ष सिके राउतले संसदमा बोलेको कुरा कतै सुनिँदैन भने संसदमा बोल्नुको के अर्थ भन्दै प्रश्न गरेका छन् ।
आइतबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै राउतले सांसदले कुरामात्र उठाउने अरु तर सुनुवाइ नहुने हो भने किन बोल्ने भन्दै प्रश्न गरे । संसद बैठकमा उनले भने, ‘आजसम्म ७ पटक प्रतिनिधिसभाको बैठक बस्यो तर यहाँ उठेको कुरा सुनुवाइ भएको छैन ।
यो संसदबाट म के कुरामा आश्वस्त रूपमा हुन चाहन्छु भने यहाँ बोलेको कुरा कहीँ सुनुवाइ हुन्छ कि हुँदैन रु हामीले यहाँको भित्ता र कुर्सीलाई मात्र सुनाएको हो रु यो सरकार संसद्प्रति उत्तरदायी छ कि छैन भन्ने कुरामा म आश्वस्त हुन चाहन्छु ।
अन्यथा त काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भनेको जस्तो भयो ।’ उनले सांसदहरूले किसानले मल नपाएको कुरा उठाइरहेको तर अहिलेसम्म सरकारको तर्फबाट कसैले जवाफ नदिएको बताए । संसद भाषण गर्ने थलोमात्र बन्ने हो कि भन्ने चिन्ता लागेको उल्लेख गरे ।