×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आज देशभरको केही ठाउँमा हल्का वर्षाको सम्भावना

आज देशभरको केही ठाउँमा हल्का वर्षाको सम्भावना

काठमाडौँ- आज देशभरको मौसम आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । आज राति प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । अहिले मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा र पूर्वतर्फ सरदर स्थानको आसपासमा रहेको छ ।

भोलि पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान छ । प्रदेश-१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा तथा बाँकी प्रदेशहरूका थोरै ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। हल्का तथा मध्यम पानी पर्ने ठाउँमा पहिरो तथा गेग्रान बहावको जोखिम हुने भएकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । 

प्रतिकृया दिनुहोस्