×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

भारतविरुद्व नेपालको ऐतिहासिक जित

भारतविरुद्व नेपालको ऐतिहासिक जित

काठमाडौं - घरेलु टोली नेपालले काभा वुमन्स नेसन्स भलिबल लिगमा चिपरिचित प्रतिद्वन्दी भारतलाई पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार भएको खेलमा नेपालले उपाधि दाबेदार भारतमाथि ३-२ को रोमाञ्चक जित हासिल गरेको हो। 
पहिलो सेटमा नेपालले सुरुआतीदेखि नै अग्रता लिएको छ। नेपालले सुरुमा २-० को अग्रता लिएको थियो। त्यसपछि लगातार अंक जोड्दै १५-९ मा पुर्‍यायो। त्यसपछि भारतले नेपाललाई भेटाउन सकेन र खेल २५-१८ ले गुमायो। 

दोस्रो सेट भने नेपालले सहजै गुमायो। साहयक रेफ्रीले सुरुआतदेखि नै विवाद सृजना गर्दा नेपाल दबाबमा परेको थियो। रोटेड नमिलेको भन्दै भारतलाई सुरुको दुई अंक दिइएको थियो। त्यसपछि नेपाल खेलमा फर्किन सकेन। एक समय ८-१० को स्थितिमा पुगेपनि नेपालले उक्त सेट १२-२५ ले गुमायो।

तर, तेस्रो सेटमा नेपालले सानदार पुनरागमन गर्‍यो। सुरुमै ५-३ को अग्रता लिएको नेपाललाई भारतले भेट्टाउन सकेन र २५-१७ ले खेल गुमायो। 

योसँगै खेल चौथो सेटमा धकेलिएको थियो। चौथो सेटमा भने एक समय १८-२० को स्थितिमा रहेको बेला लगातार गल्ती गर्दा भारतले फाइदा उठायो।  भारतले थप पाँच अंक जोड्दा नेपाल भने स्तब्ध बन्दै खेल १८-२५ ले गुमायो।

फाइनल तथा निर्णायक सेटमा पनि नेपालले सुरुआतदेखि नै दबाबमा राखेको थियो। तर, एक समय १३-१२ को स्थितिमा भारत पुगेपनि पुनरागमन भने गर्न सकेन र नेपाल १५-१३ ले विजयी भयो।

प्रतिकृया दिनुहोस्