काठमाडौं - काठमाडौं उपत्यकामा आपसमा रङ दलेर होली मनाइएको छ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व वसन्तपुरमा हर्षोल्लासका साथ मनाइएको हो।
वसन्तपुर, भृकुटीमण्डप, हनुमानढोका क्षेत्रमा बर्सेनि फागु पूर्णिमाको साँझसम्मै ठूलो उल्लास छाउँछ। आपसमा फागु दलेर विदेशीहरू पनि रमाउने गर्छन्।
फोटो : सुरज धामी