जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको क्षेत्रीय समिति कान्तोको सचिव पदका लागि युवा, ऊर्जावान, र अनुभवी समाजसेवी किरण गौतमले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । आगामी जुलाई २७ तारिख हुने तय भएकाे निर्वाचनमा “अनुभव, सेवा र समर्पणसहितको नयाँ पुस्ताको नेतृत्व” भन्ने मूल नारा सहित गौतमले सचिव पदमा उम्मेदवारी दिने घाेषणा गरेका हुन् ।
नेतृत्वको लक्ष्य पद होइन, सेवा र परिवर्तन हो भन्ने कुरामा आत्मसाथ गर्दै “कान्तोलाई अझ उत्कृष्ट र सफा बनाउने प्रतिबद्धता सहित चुनावी मैदानमा आएकाे हामीसगँकाे कुराकानीमा जानकारी गराएका छन् । २०२३–२०२५ को कार्यकालमा कान्ताे क्षेत्रिय समितीकाे सदस्य समेत रहेका गाैतमले उत्त २ बर्षे कार्यकालमा आफुले गरेका मुख्य कार्यहरू सार्वजनिक गरेका छन् ।
२०२३–२०२५ को कार्यकालमा किरण गौतमद्वारा गरिएका मुख्य कार्यहरू
• १४ औं नेपाल फेस्टिवल २०२४ मा सदस्य सचिव तथा स्वयम् सेवक सुरक्षा संचालन उपसमितिमा सक्रिय भूमिका ।
• Welcome Dinner Program (सम्माननीय मन्त्री शरद सिंह भण्डारीको उपस्थितिमा) का संयोजक ।
• Spirituality Meet Program – अध्यात्मिक गुरु रुपेश्वर गौर दास र सुचारु गोपी देवी दासीको साथमा आयोजित कार्यक्रममा संयोजक
• राहदानी सेवाको सप्ताहव्यापी टोकियो घुम्ती सेवा २०२४ मा स्वयंसेवकको रुपमा सेवा ।
• एनआरएनए जापानद्वारा आयोजित रक्तदान, फुटसल लगायतका कार्यक्रमहरूमा नियमित सहभागिता ।
• चिबा, नागोया लगायतका क्षेत्रीय फेस्टिवलहरूमा स्वयंसेवकको रूपमा सक्रिय उपस्थिति ।
• Galkot Sports Club, Kandebash Samaj Japan, Galkot Samaj Japan जस्ता संस्थाहरूमा विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरूमा सक्रिय सहभागिता ।
• गैरआवासीय नेपाली संघ, जापान क्षेत्रीय समन्वय परिषद कान्तो ९औं अधिवेशनमा उहाँलाई २०२३–२०२५ को सहभागिताको लागि कदरपत्रबाट सम्मानित गरिएको ।
किरण गौतमको प्रतिबद्धता - - “कान्तोलाई बनाऔँ अझ उत्कृष्ट र सफा – अनुभव, सेवा र समर्पणको साथ”
बागलुङ, गल्कोटमा जन्मिएका किरण गौतम एक कर्मशील, समन्वयकारी र निडर युवा हुन्। संगठनमा उनकाे यात्रा पदका लागि होइन, सेवा र परिवर्तनका लागि हो भन्ने स्पष्ट दृष्टिकोण राख्दै आएका छन् । “अब गुट होइन, पात्र रोज्ने हो। नेतृत्व होइन, नतिजा रोज्ने हो। त्यसैले किरण गौतम जस्तो युवा, सक्षम र निडर व्यक्तित्वलाई सचिव पदमा जिताऔँ१” – यस्तो सन्देश समर्थकहरूले फैलाइरहेका छन् ।



