काठमाडौं - आईसीसी टी-ट्वान्टी वरीयतामा नेपालकाब्याटर अलराउन्डर दिपेन्द्र सिंह ऐरीले ठूलो सफलता पाएका छन्। आईसीसीले टी-ट्वान्टी ब्याटिङतर्फको वरीयता सार्वजनिक गरेको हो।
मंगलबार सार्वजनिक वरीयता अनुसार दिपेन्द्र ५२ औं स्थानमा रहेका छन्। दीपेन्द्रले चार देश सम्मिलित टि२० आई सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि टि२० आई वरियता ब्याटिङतर्फ विश्वस्तरिय थुप्रै ब्याटरलाई पछि पार्नसफल भएका हुन् ।
दीपेन्द्रको रेटिङ अंक ४ सय ४३ छ । नेपालका ओपनर कुशल भुर्तेल ६५ औं स्थानमा छन् । कुशलले उनको ४ सय १३ रेटिङ अंक छ ।
वरीयताको सय खेलाडीमा नेपालका कुशल भुर्तेल ६५ औं स्थानमा छन्। बलिङतर्फ भने कप्तान सन्दीप लामिछाने ६३ औं स्थानमा रहेका छन्।
दिपेन्द्रको वरियता क्रम ( ५२ ) नेपाली खेलाडीले टि-ट्वान्टी अन्तर्राष्ट्रिय वरियतामा हाँसिल गरेको दोश्रो उच्च वरियता हो। सबै भन्दा उच्च ब्याटिंग वरियतामा पुग्ने नेपाली खेलाडी पारस खड्का हुन् जसले २०१९ मा सिंगापुरमा शतक बनाएपछि ४२ औं स्थानमा पुगेका थिए।