×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

पोखरालाई ६ विकेटले हराएपछि काठामाडौंको प्लेअफ यात्रा जिवितै

पोखरालाई ६ विकेटले हराएपछि काठामाडौंको प्लेअफ यात्रा जिवितै

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौं गुर्खाजले तेस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै काठमाडौंले सहज जित निकालेको हो ।

पोखराले दिएको १३९ रनको लक्ष्य काठमाडौंले १४ ओभर १ बलमा ४ विकेटको क्षतिमा पूरा गर्‍याे ।


काठमाडौंका लागि ओपनर स्टेफेन स्किनाजीले सर्वाधिक ६० रनको योगदान दिए । यस्तै, माइकल लेभिटले ३२, जेहार्ड एरास्मसले २५ तथा भीम सार्कीले २२ रन जोडे ।

पोखराका लागि विपिन खत्रीले तीन तथा माइकल लिस्कले एक विकेट लिए ।


यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३८ रन बनाएको थियो ।

पोखराका लागि रेमन राइफरले सर्वाधिक ४१ रनको योगदान दिए । यस्तै, दिनेश खरेलले ३८ तथा दिलिप नाथले २७ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

काठमाडौंका लागि राशिद खान र करण केसीले तीन–तीन तथा जेर्हाड एरास्मस र माइकल लेभिटले एक–एक विकेट लिए ।

यो जितसँगै ६ खेलबाट ६ अंक जोडेको काठमाडौंको प्लेअफ प्रवेशको सम्भावना बलियो बनेको छ । पराजित भएको पोखराको पनि प्लेअफ प्रवेशको अंक गणितीय सम्भावना कायमै छ । पोखराको ६ खेलबाट ४ अंक छ ।

प्रतिकृया दिनुहोस्