×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपालले टी–२० विश्वकप ग्लोबल छनोट खेल्ने

नेपालले टी–२० विश्वकप ग्लोबल छनोट खेल्ने

काठमाडौँ - नेपालले अष्ट्रेलियामा सन् २०२२ मा आयोजना हुने टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट खेल्ने भएको छ । ग्लोबल छनोटका लागि नेपालले समूह ‘ए’ बाट प्रतिस्पर्धा गर्नेछ ।
आईसीसीले सार्वजनिक गरेको तालिका अनुसार समूह ‘ए’ को छनोट खेल सन् २०२२ को फेब्रुअरी १५ देखि २५ तारिखसम्म ओमानमा हुनेछ । समूहमा नेपालसँगै ओमान, आयरल्यान्ड, यूएई, फिलिपिन्स, जर्मनी, बहराइन र क्यानडा रहेका छन् । नेपालले यसअघि सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप पहिलो पटक खेलेको थियो ।
यसैगरी समूह ‘बी’ मा जिम्बावे, हङकङ, नेदरल्यान्ड्स, जर्सी, पपुवा न्युगिनी, सिंगापुर, युगान्डा र अमेरिका रहेका छन् । समूह ‘बी’ को छनोट खेल जुलाई ८ देखि १८ तारिसम्म जिम्बावेमा हुनेछ । समूहको शीर्ष दुई टोली विश्वकपमा छनोट हुनेछन् ।
अष्ट्रेलिया, इङल्यान्ड, पाकिस्तान, भारत, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान र बंगलादेशले विश्वकपको सुपर १२ मा स्थान सुरक्षित गरेका छन् । आईसीसीले टी–२० वरियताको शीर्ष आठमा रहेका टोलीलाई सोझै सुपर १२ मा स्थान दिएको हो ।

प्रतिकृया दिनुहोस्