×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मोटरसाईकल दुर्घटना हुँदा वडा सचिवको मृत्यु

मोटरसाईकल दुर्घटना हुँदा वडा सचिवको मृत्यु

विराटनगर - सुनसरीको रामधुनी नगरपालिका ६ बक्लौरीमा भएको मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । ईचोलबाट बक्लौरीतर्फ जाँदै गरेको को २४ प ९४५६ नम्बरको मोटरसाईकल अनियन्त्रित भइ सडकमा पल्टिएर दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक रामधुनी नगरपालिका–६ का वडा सचिव ५३ वर्षीय नन्दकुमार श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

घाइते श्रेष्ठलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएकोमा उपचारको क्रममा उनको  मृत्यु भएको इलाका प्रहरी कार्यालय, पकलीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्