×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

दार्चुला हिमपहिरो: ३ जनाको शव भेटियो, २ अझै बेपत्ता

दार्चुला हिमपहिरो: ३ जनाको शव भेटियो, २ अझै बेपत्ता

काठमाडौं- मंगलबार दार्चुलाको पाटनमा गएको हिमपहिरोमा परी बेपत्ता भएका पाँचमध्ये तीन जनाको शव फेला परेको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार उद्धार टोलीको खोजीका क्रममा एक पुरुष र दुई महिलाको शव फेला परेको हो।

शव भेटिएकामध्ये दार्चुलाको दुहु गाउँपालिका–४ कट्ठ ३६ वर्षीषा कमला कुँवर, १८ वर्षीय प्रवीण कुँवर र डोटीको जोरायल गाउँपालिका–२ बुडरकी ४५ वर्षीया डोल्पा थापा रहेका छन्। अन्य दुई जना महिला अझै बेपत्ता रहेका छन्।

बुधबार फेला परेका तीनवटै शव त्रिपाल टाँगेर बसेको घटनास्थलभन्दा झण्डै साढे दुई किलोमिटर तल सशस्त्र प्रहरी बल नं ५० गुल्मबाट डिएसपी ईश्वरी दत्त भट्टको कमाण्डमा गएको टोलीले हिमपहिरोबाट निकालेको सहप्रवक्ता थापाले जानकारी दिएका छन्।

मौसम खराबीका कारण अन्य दुई जनाको खोजी आज हुन नसकेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्