×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

किर्तिपुर अस्पतालबाट डिस्चार्ज भए अर्थमन्त्री पौडेल

किर्तिपुर अस्पतालबाट डिस्चार्ज भए अर्थमन्त्री पौडेल

काठमाडौं- बेलुन पड्किएर आगो सल्किँदा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल सोमबार डिस्चार्ज भएका छन् ।

कीर्तिपुर अस्पतालका निर्देशक किरणकिशोर नकर्मीले पौडेललाई सोमबार डिस्चार्ज गरिएको बताए । पौडेलसँगै घाइते पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको भने उपचार जारी छ। पौडेल अस्पतालबाट डिस्चार्ज हुँदा दुवै हात र घाँटीमा ब्यान्डेज बाँधेर निस्किएका हुन् ।


पोखरामा महोत्सव उद्घाटनका क्रममा बेलुनमा आगो लागेर पड्किँदा दुवै हात र घाँटीको केही भाग जलेको थियो । उक्त जलेको घाउको उपचारपछि उनी सोमबार दिउँसो डिस्चार्ज भएका हुन् ।

‘उहाँहरू दुवै जनाको जलनको घाउ निको हुँदै गएको छ। फोक्सोमा कुनै खराब असर परेको देखिँदैन’, अस्पतालले भनेको छ, ‘त्यसकारण उपप्रधान तथा अर्थमन्त्री पौडेललाई अस्पतालबाट डिस्चार्ज गर्ने निर्णय गरिएको छ ।’

उच्च रक्तचापको समस्या झेलिरहेका मेयर आचार्य अझै केही दिन अस्पतालमै रहने भएका छन् ।


‘मेयर आचार्यज्यूको पहिले देखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेको छ’, उनले भने, ‘थप केही दिन उपचार हुने जानकारी गराइन्छ । मेयरज्यूलाई हुने भेटघाट पनि संक्रमणको जोखिम कम गर्न बन्द गरिएको छ ।’

शनिबार पोखरामा ‘पोखरा भ्रमण वर्ष, २०२५’ घोषणा कार्यक्रम उद्घाटनका क्रममा बेलुन पड्किँदा लागेको आगोले जलेर दुवैजना घाइते भएका थिए ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रतिकृया दिनुहोस्