काठमाडौं -फोटोन मोटर्सले दसैँको अवसर पारेर ‘फ्रि सर्भिस एन्ड ड्राइभर ट्रेनिङ क्याम्प’ आयोजना गर्ने भएको छ । क्याम्प यही असोज १७ देखी असोज २२ गतेसम्म आयोजना हुने फोटोनले जनाएको छ ।
फोटोन मोटर्सको अधिकारिक वर्कसप सीतापाइलामा एक हप्ता सम्म चल्ने उक्त योजना फोटोन मोटर्सका सम्पूर्ण प्रकारका गाडीहरुको फ्रि सर्भिसिङ हुने कम्पनीका सर्भिस हेड विदेश मान सिंह डंगोलले जानकारी दिए ।
उक्त अवधिभर फोटोन गाडीका ग्राहकहरुले फोटोन जेन्यूइन स्पेयर पार्टसमा १० प्रतिशत छुट, ल्युब्रिकट्समा १५ प्रतिशत छुट तथा अन्य लेवर चार्ज र चेकअपमा सत प्रतिशत छुटको लाभ उठाउन सक्नेछन् ।
यसका साथै क्याम्पमा फोटोन गाडी सम्बन्धी अनलाइन परामर्श, चालक प्रशिक्षण कार्यक्रम तथा बिभिन्न प्रकारका आकर्षक गिफ्ट पनि दिने फोटोनले जनाएको छ ।