काठमाडौं- शुक्रबार, जेठ २० नेपाली सांगीतिक क्षेत्रका चर्चित बरिष्ठ सदावहार गायक आनन्द कार्कीको स्वरमा समावेश ‘उनी बोल्दिनन् अचेल’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।सञ्चारकर्मी बिना श्रेष्ठको निर्देशनमा ‘उनी बोल्दिनन् अचेल’ गीतमा देवेन्द्र केसीको शब्द, शक्ति बल्लभको संगीत रहेको छ । यो गीतको म्युजिक भिडियोमा अभिनेता सरोज खनाल र अभिनेत्री करिश्मा मानन्धरको शसक्त अभिनय देख्न सकिन्छ ।
उनीहरुको मनछुने अभिनय यस भिडियोमा हेर्न सकिन्छ । दुईको जोडीलाई गीत सार्वजनिक भएपछि दर्शकले रुचाएका छन् । रश्मी शाक्य निर्माता रहेको भिडियोलाई उत्तम हुमागाईँले छायाँकन, अनिल कुमार महर्जनले सम्पादन गरेका हुन् । सञ्चारकर्मी बिना श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ। भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।