×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘एमालेले माधव नेपाललाई राष्ट्रपति बनाउँदैन’

‘एमालेले माधव नेपाललाई राष्ट्रपति बनाउँदैन’

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका उपमहासचिव गङ्गालाल तुलाधरले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको प्रस्ताव आएको विषयमा सत्यता नभएको बताएका छन् ।

आइतबार पार्टी कार्यालयमा स्थायी कमिटी बैठकबारे जानकारी दिन पत्रकारहरूसँगको कुराकानीमा उनले नेकपा एमालेबाट यति ठूलो प्रस्ताव आउने विषय पत्याउन नसकिने बताए ।

‘यो कुराले अहिलेसम्म हाम्रो बैठकमा प्रवेश पाएको छैन । कहाँबाट, कसरी आयो हावामा आयो, हावामा नै गयो जस्तो लाग्छ’ उनले भने, ‘नेकपा एमालेका तर्फबाट फेरि माधवकुमार नेपाल, एकीकृत समाजवादीको अध्यक्षलाई यस्तो ठूलो प्रस्ताव यति छिटै, सजिलोसँग राख्लान् भन्ने मलाई लाग्दैन र गरेको हो भन्ने पनि मलाइ लाग्दैन ।’

उनले यदि यो विषयमा कतै चर्चा भएको भए एकीकृत समाजवादीको कार्यकर्तालाई भ्रममा राख्ने कोशिसमात्र भएको उपमहासचिव तुलाधरले बताए । नेकपा एमालेसँग पार्टी एकताको कुरा पनि हल्ला मात्रै भएको उनले टिप्पणी गरे ।

माओवादी र जनता समाजवादीसँग पनि एकताको कुरा अगाडि नबढेको उनले बताए । आफ्ना केही नेताले अनौपचारिक कुरा गरेको भए पनि औपचारिकरुपमा त्यस्तो कुनै निर्णय नभएको तुलाधरले जिकिर गरे । ‘एकताका बारेमा कुनै पनि निर्णय भएका छैनन्, अहिले नै एकताका निम्ति लालायित भएर जाने कुरा पनि होइन,’ तुलाधरको भनाइ छ ।

बरु चुनावअघि नेकपा माओवादी केन्द्रबाट एकताको प्रस्ताव आएकाले आफूहरूले समिति बनाएको तर माओवादी नै त्यसमा धेरै अग्रसर नभएकाले यसबारे केही कुरा नभएको उनले बताए ।

प्रतिकृया दिनुहोस्