काठमाडौं- नागार्जुन नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नि-वर्तमान मेयरसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले १० हजार १ सय ८६ मत ल्याएर पुनः मेयरमा निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका नन्दन हरि गौतमलाई १८०० मतान्तरले हराए। गौतमले ८ हजार ३६८ मत पाएका छन् ।
यस्तै राप्रपाका उम्मेदवार ध्रुव प्रसाद खनालले २४६९ मत पाएका छन् । उपमेयरमा भने नेकपा एमालेले बाजी मारेको छ। एमालेकी उम्मेदवार सुशिला अधिकारीले ९४७४ मत ल्याएर विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी राप्रपाकी कल्पना नेपालीले २७५३ मत पाइन् । कांग्रेससँग गठबन्धन गरेको नेकपा समाजवादीका कृष्णहरि खत्रीले २१२६ मत पाए ।