×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ग्लोबल टी-२० को उपाधिका लागि सन्दीप र दीपेन्द्र सम्मेलित टिम भिड्दै

ग्लोबल टी-२० को उपाधिका लागि सन्दीप र दीपेन्द्र सम्मेलित टिम भिड्दै

 

काठमाडौं-तेस्रो सिजनको ग्लोबल टी–२० क्यानडाको उपाधिका लागि नेपाली क्रिकेटरद्वय सन्दीप लामिछानेआवद्ध सर्रे जग्वार्स र दीपेन्द्र सिंह ऐरीसम्मिलित मोन्ट्रियल टाइगर्स भिड्ने भएका छन् ।

आइतबार बिहान भएको दोस्रो क्वालिफायरमा भ्यानकुभर नाइट्स १ विकेटले पराजित भएसँगै उपाधिका लागि सन्दीप र दीपेन्द्रआवद्ध टिम भिड्ने भएका हुन् ।

जग्वार्स र मोन्ट्रियलबीचको उपाधि भिडन्त आइतबार राति ९ः४५ देखि सुरु हुनेछ । यी दुवै टोलीले क्वालिफायरमा भ्यानकुभरलाई हराउँदै फाइनलमा भेट पक्का गरेका हुन् ।

जग्वार्सले पहिलो क्वालिफायरमा भ्यानकुभरलाई ३८ रनले हराएको थियो । जारी सिजनमा सानदार प्रदर्शन गरिरहेको जग्वार्सले क्वालिफायरसहित सर्वाधिक ५ खेल जितेको छ ।

पहिलो खेलमा मोन्ट्रियलसँग पराजय बेहोरे पनि त्यसपछि भने ऊ उच्च लयमा छ ।

जग्वार्स फाइनलमा पुग्नुमा सन्दीपको भूमिका पनि महत्वपूर्ण छ । उनले ५ इनिङमा ४.९६ को सानदार इकोनमीमा ११ विकेट लिएका छन् । फाइनलमा पनि सन्दीप लय कायमै राख्दै जग्वार्सलाई च्याम्पियन बनाउन चाहन्छन् ।

यस्तै, मोन्ट्रियललाई फाइनलको टिकट दिलाउन दीपेन्द्रको भूमिका पनि अहम् रह्यो । आक्रामक पारी खेल्न नसके पनि उनले टिमको आवश्यकता परेको बेला रन बनाइरहेका छन् ।

दीपेन्द्रले ५ इनिङमा १२७ रन बनाउका साथै ३ इनिङमा २ विकेट पनि लिएका छन् ।

उनी आफ्नो टिमका लागि सर्वाधिक रन बनाउने तेस्रो ब्याटर हुन् ।

पहिलोपटक लिग खेलिरहेका दीपेन्द्र फाइनलमा सन्दीपको टोलीविरुद्ध पनि स्मरणयोग्य प्रदर्शन गर्दै मोन्ट्रियललाई उपाधि दिलाउने सोचमा छन् ।

ग्लोबल टी–२० खेलेपछि सन्दीप र दीपेन्द्रले एसिया कपको तयारी थाल्नेछन् । एसिया कप यही ३० अगस्टदेखि सुरु हुँदैछ । 

प्रतिकृया दिनुहोस्