काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रमुख दलहरूबीचको सहमतिमा पुनः जोड दिएका छन् ।
सत्ता गठबन्धनमा देखिएको तिक्तता तथा पछिल्लो राजनीतिक घटनाक्रमतर्फ लक्षित गर्दै भट्टराईले लोकतान्त्रिक गणतन्त्रको डुंगालाई कसैले प्वाल पार्ने काम गर्न नहुने भन्दै सांकेतिकरूपमा सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले लेखेका छन्, ”लामो सङ्घर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगालाई कसैले पनि प्वाल पार्ने काम नगरौं ! यो डुङा डुब्दा हामी सबै त डुब्छौँ डुब्छौँ, देश र जनताले ठूलो क्षति व्यहोर्नुपर्नेछ’’, भट्टराईले लेखेका छन्, ‘’कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेको सन्दर्भमा प्रमुख दलहरूबीच सहमतिको विकल्प छैन । गम्भीर बनौं !’’
लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगालाई कसैले पनि प्वाल पार्ने काम नगरौं! यो डुंगा डुब्दा हामी सबै त डुब्छौं डुब्छौं,देश र जनताले ठूलो क्षति व्यहोर्नुपर्नेछ। कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेको सन्दर्भमा प्रमुख दलहरू वीच सहमतिको विकल्प छैन।गम्भीर बनौं!
— Baburam Bhattarai (@brb1954) February 2, 2023