×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

असार ८ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

असार ८ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

पञ्चाङ्ग
वि.सं. असार ८, २०७९ । ई.सं. २२ जुन २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ बछलागा । नल उत्तरायण ग्रीष्म । बुधबार आषाढ कृष्णपक्ष । तिथि-नवमी, २४:५८ बजे उप्रान्त दशमी । नक्षत्र- उत्तरभाद्रपदा , १०:०७ बजे उप्रान्त रेवती । योग- सौभाग्य, १०:४८ बजे उप्रान्त शोभन । करण- तैतिल १३:१३ बजेदेखि गर, २४:५८ बजे उप्रान्त वव । चन्द्रराशि मीन । आनन्दादि योग लुम्ब । दिनमान ३४।३६ । सूर्योदय ५:११ । सूर्यास्त १९:०१ । भूमीरज, पञ्चक ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सामान हराउने वा चोरी हुने सम्भावना छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज नयाँ कार्यको योजना बन्नेछ । धार्मिक यात्राको योग छ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । कामबाट पनि फुर्सद पाइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग पनि मिल्न सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । पारिवारिक सद्भाव बढ्ला, तर खर्च पनि बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । प्रेममा मधुरता छाउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आजको समय त्यति राम्रो देखिँदैन। लेनदेनको कार्यमा विशेष ख्याल गर्नुहोला, तर साँझमा भने सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । नयाँ कार्यको योजना समेत बन्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कीर्तिमानी काम गर्ने समय छ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । -हाम्रो पात्रो/नेपाली पात्रोबाट

प्रतिकृया दिनुहोस्