×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चट्याङ लागेर छुट्टाछुट्टै स्थानमा चार जनाको मृत्यु

चट्याङ लागेर छुट्टाछुट्टै स्थानमा चार जनाको मृत्यु

काठमाडौं- पर्सा, बागलुङ, धादिङ र बाँकेमा चट्याङ लागेर चार जनाको मृत्यु भएको छ । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ औराहा रेन्ज बस्ने ३२ वर्षीय हरेन्द्र दास थारुको सोही ठाउँस्थित खेतमा काम गर्ने क्रममा चट्याङ लागेर मंगलबार मृत्यु भएको छ ।  

बागलुङको काठेखोला गाउँपालिका–४ तग्राम फापरखेत बस्ने २८ वर्षीया सुस्मा पुनको आफ्नै घरको भान्सा कोठामा बसिरहेको अवस्थामा चट्याङ लागेर मंगलबार राति मृत्यु भएको छ ।  चट्याङ लागेर अशक्त भएकी उनको धवलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो । 

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ बेलगाउँ बस्ने ४२ वर्षीय लिलामान कुमालको आफ्नै गोठमा गाईलाई घाँस हाल्न जाँदा चट्याङ लागेर मंगलबार राति घटनास्थलमै मृत्यु भएको छ । 

 

बाँकेको राप्तीसोनारी गाउँपालिका–३ नारायणपुर बस्ने सुनिता थारुको छोरा ७ वर्षीय अभिषेक थारुको चट्याङ लागेर मंगलबार साँझ मृत्यु भएको छ । 

आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा चट्याङ परी घाइते भएका उनको नर्सिङहोम नेपालगंज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो ।     
 

प्रतिकृया दिनुहोस्