×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सरकारले पुँजीगत खर्च गर्न सकेन : नेता महत

सरकारले पुँजीगत खर्च गर्न सकेन : नेता महत

काठमाडाैँ- नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले पुँजीगत खर्च गर्न नसकेको बताएका छन् ।  रिपोटर्स क्लब नेपालले बुधबार काठमाडौँमा गरेको साक्षात्कारमा उनले अहिले नेपालको आर्थिक अवस्थामा केही समस्या आएको र यस्तो बेला सरकारले पुँजीगत खर्च गर्न नसकेको बताएका हुन् ।

अनपयुक्त रूपमा नेपालमा बजेट धेरै ठूलो घोषणा गर्ने काम भएको भन्दै उनले आपत्ति जनाए । वर्तमान आर्थिक वर्षमा १६ खर्बको बजेट रहेको र गएको ७ महिनाको रिपोर्ट हेर्दा जम्मा ५ खर्बमात्रै खर्च भएको तथ्यांक रहेको उनले बताए । महतले विदेशी मुद्राको सञ्चिती र रेमिट्यान्स पनि कम भएको र विकास आयोजनाहरूको सही तबरले कार्यान्वयन हुनुपर्नेमा जोड दिए । आर्थिक विकासको लागि आर्थिक वृद्धिद्धर बढाउनुपर्ने उनले बताए ।

उनले नेपालको तुलनात्मक फाईदालाई उपयोग गर्नसक्ने कुरा धेरै रहेको स्मरण गराए ।

प्रतिकृया दिनुहोस्