×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बैतडी: काँग्रेसबाट संघमा अधिवक्ता सुरेन्द्र ऐर सहित ९ जना सिफारिस

बैतडी: काँग्रेसबाट संघमा अधिवक्ता सुरेन्द्र ऐर सहित ९ जना सिफारिस

काठमाडौं- नेपाली काँग्रेसबाट बैतडीमा प्रतिनिधि सभाका लागि दुर्गम मानिएको स्थानीय तह सिगास गाउँपालिका घर भएका अधिवक्ता सुरेन्द्र ऐर सिंह ऐर सहित ९ जना सिफारिस भएका छन् । आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनका लागि आइतबार नेपाली काँग्रेस बैतडीले संघ र प्रदेशका आकांक्षी उम्मेदवारहरुको नाम सिफारिस गरेको नेपाली काँग्रेस बैतडीले जनाएको छ । 

संघमा प्रत्यक्षतर्फ चतुर बहादुर चन्द, विनय ध्वज चन्द, नर बहादुर चन्द, केशब बहादुर चन्द, उत्तर बहादुर ऐर, प्रताप सिंह ठगुन्ना, सुरेन्द्र सिंह ऐर, दिनेश भट्ट र शिवराज भट्ट सिफारिस भएका नेपाली काँग्रेस बैतडीका सचिव देवराज जोशीले जानकारी दिनुभयो ।

सिफारिस भएका ९ जना मध्येका बैतडीको दुर्गम सिगास गाउँपालिका घर भएका सुरेन्द्र सिंह ऐर अधिवक्ता समेत हुनुहुन्छ । नेपाली काँग्रेस बाट प्रदेश सभाको क्षेत्र नम्बर ‘क’ मा प्रत्यक्षतर्फ ८ जना र क्षेत्र नम्बर ‘ख’ बाट १८ जना सिफारिस भएका नेपाली काँग्रेस बैतडीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्