×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

खोपको पहुँच बढाउनुपर्नेमा राष्ट्रियसभाका अध्यक्षकाे जाेड

खोपको पहुँच बढाउनुपर्नेमा राष्ट्रियसभाका अध्यक्षकाे जाेड

काठमाडाैँ- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अहिलको अवस्थामा कोरोनाविरुद्धको खोपको पहुँच बढाउनुपर्नेमा जोड दिएका छन् । 

स्वास्थ्य मन्त्रालयले आयोजना गरेको ‘कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता’ विषयक अन्तक्रियामा तिमिल्सिनाले सर्वसाधारणको पहुँच हुनेगरि कोरोनाविरुद्धको खोपको पहुँच बढाउनुपर्नेमा जोड दिएका हुन् ।

उनले मान्छेको चहलपहल हुने स्थानमा खोपको उपलब्धता हुनेगरि योजना बनाउनुपर्ने धारणा राखे । मधेश प्रदेश र कर्णालीमा खोप लगाउनेको संख्या न्युन देखिएकाले सो क्षेत्रमा विशेष खोप अभियान सञ्चालन गर्न उनले सुझाव दिए । उनले आफ्ना मतदातालाई स्वास्थ्य आचारसंहिता परिपालना र कोभिड विरुद्धको खोप लगाउन प्रेरित गर्न आग्रह गरे ।

कार्यक्रममा कोभिड १९ रोकथाम र खोपसम्बन्धी जोखिम विभिन्न स्वास्थ्य विशेषज्ञहको कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस्