×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रतिनिधिसभा बैठक आज पनि, के छ कार्यसूची ?

प्रतिनिधिसभा बैठक आज पनि, के छ कार्यसूची ?

काठमाडौँ- आज शुक्रबार पनि प्रतिनिधि सभा बैठक बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । बैठकमा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९’ र ‘बिमा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९’ पेस गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै, गृहमन्त्री बालकृष्ण खाणले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने, त्यसपछि विधेयक प्रस्तुत गर्ने, ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ु लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र सो विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। गृहमन्त्रीले नै ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) विधेयक, २०७९ लाई प्रस्तुत गर्ने कार्यसूची छ।

प्रतिकृया दिनुहोस्