×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

महिला टी-२० विश्वकप एसिया छनोट: नेपाल उपविजेता बन्दै सेमिफाइनलमा

महिला टी-२० विश्वकप एसिया छनोट: नेपाल उपविजेता बन्दै सेमिफाइनलमा

काठमाडौं - आइसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल समूह ए बाट उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार तय भएको नेपाल र युएईविरुद्ध खेल वर्षाका कारण रद्द भएसँगै नेपाल उपविजेतामा सिमित बनेको हो । आजको खेलमा विजेता बन्ने टोली यस समूहको समूह विजेता बन्ने समिकरण रहेको थियो । तर, खेल हुन नसकेपछि दुवै टोलीले १/१ अंक बाडेका हुन् ।

समान ९/९ अंक भएपनि युएई रनरेटमा अघि रहेकाले समूह विजेता बन्न सफल भयो । नेपालले शुक्रबार हुने सेमिफाइनलमा समूह बी को विजेतासँग खेल्नेछ । आज नै हुने समूह बी का हङकङ र थाईल्यान्डबीचको खेलबाट नेपालको प्रतिद्वन्दी तय हुनेछ । सेमिफाइनलमा विजयी भएमा नेपालले महिला टी-ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ ।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो ।  तेस्रो खेलमा भुटानलाई ३ विकेटले हराएको नेपालले चौथो खेलमा कतारलाई ८ विकेट हराएको थियो ।

शनिबार प्रतियोगिताको फाइनल खेल रहेको छ ।प्रतियोगितामा ११ राष्ट्रको सहभागीता रहेको छ । सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगितामा समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् । समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् ।

प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी-ट्वान्टी क्वालिफायर खेल्न पाउनेछन् ।

प्रतिकृया दिनुहोस्