×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

दर्जनौं व्यवसायमा संलग्न छु, तर म्यानपावरमा छैन : श्रममन्त्री अर्याल

दर्जनौं व्यवसायमा संलग्न छु, तर म्यानपावरमा छैन : श्रममन्त्री अर्याल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट श्रममन्त्री बनेका डोलप्रसाद अर्यालले आफूमाथि उठेका आरोपको खण्डन गरेका छन् । सामाजिक संजाल फेसबुकमार्फत स्पष्टीकरण दिँदै उनले सञ्चारमाध्यममा आएजस्तो आफू कुनै पनि म्यानपावर कम्पनीमा संलग्न नरहेको दाबी गरेका हुन् ।

अर्याल श्रम मन्त्री बनेलगत्तै उनी म्यानपावर व्यवसायी रहेको र स्वार्थ बाझिने समाचार सञ्चारमाध्यममा प्रकाशण÷प्रशारण भएका थिए । यस सम्बन्धमा मुख खोल्दै उनले फेसबुकमा लामो स्पष्टीकरण लेखेका हुन् । उनले आफू अरु थुप्रै व्यवसायमा आवद्ध रहे पनि म्यानपावरमा प्रत्यक्ष संलग्न नरहेको बताएका छन् ।

‘म यो देशको सामान्य नागरिक। अवसर खोज्दै संघर्ष गर्दै १५ वटाभन्दा बढि पेशा र ब्यवशायमा लड्दै, उठ्दै, आबद्द, संलग्न, सक्रिय, निष्क्रिय हुँदै यहाँ आइपुगेको आम मान्छे हुँ’, उनले लेखेका छन्, ‘तर म्यानपावर कम्पनीमा म कहिले पनि छैन।’

देशका हरेक क्षेत्रका उद्योग व्यवसायमा थोरै थोरै संलग्नता रहेकाले आफ्नो स्वार्थ नबाझिने कुनै क्षेत्र नरहेको उनको भनाइ छ । आफू कृषि, ट्राभल, सहकारी, ईंट्टा, रेमिट्यान्स कम्पनी, एजुकेसन कन्सल्टेन्सी, सेक्युरिटी सर्भिस, होटल, क्याटरिङ लगायतका क्षेत्रमा सक्रिय रहेको अर्यालले जानकारी दिएका छन् ।

‘गरिखाने मान्छे हुँ, थोरै थोरै धेरैमा छु । तर म्यानपावर कम्पनीमा म कहिले पनि छैन । हो साथीहरुले एउटा कम्पनीमा सल्लाहकार राख्यौं है भनेर इन्टरनेसनल मार्केटिङ डाइरेक्टटरको पद लेखिदिए । तर, हटाइदिन भुले । तर, त्यो कम्पनीमा न मेरो लगानी छ न संलग्नता, न सेयर, न स्यालरी । समाचार बनाउनेहरुले नै भन्दिनुस न त मेरो कुन म्यानपावरमा कहिले कति सेयर थियो ?’ उनले लेखेका छन् ।

गलत काम गरेर आजसम्म एक रुपैयाँ पनि आर्जन नगरेको अर्यालको प्रष्टीकरण छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार मन्त्रिपरिषद विस्तार गर्दा रास्वपाका अर्याल श्रममन्त्री बनेका हुन् ।

प्रतिकृया दिनुहोस्