नेपालगन्ज - बाँकेको कोहलपुर नगरपालिका १२ रोहिणी खोला आर्मि ब्यारेक नजिकै बस र टिपर आपसमा ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । बसमा सवार ४२ यात्रुमध्ये ३७ जना घाइते भएका छन् ।
दुर्घटनामा एक महिलासहित चार पुरुषको घटनास्थलमै मृत्यु भएको हो । मृतक मध्ये महिलाबाहेक चार जनाको सनाखत भएको छ ।
कोहलपुर इलाका प्रहरी कार्यालयका डिएसपी रविन्द्र खनालका अनुसार मृत्यु हुनेमा बांके कोहलपुर नगरपालिका १२ बस्ने २१ वर्षीय उदय बाठा, कोहलपुर १३ का २५ वर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत सापाखानी ७ का ४१ वर्षीय जीवनकुमार विक र झापा मेची नगरपालिका १० का ४५ छत्रबहादुर कटवालकोसहित एक महिला छन् । अन्यको अझै पहिचान खुल्न सकेको छैन ।
घटनाको प्रकृति र प्रारम्भिक अनुुसन्धानमा दुबै साधन तीब्र गतिमा रहेका कारण दुर्घटनामा भएको रहेको डिएसपी खनालले बताए ।