×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रूपन्देही २ मा एमालेलाई सहज, गठबन्धनका साझा उम्मेदवार गुरुङ र स्वतन्त्रको उम्मेदवारी खारेज

रूपन्देही २ मा एमालेलाई सहज, गठबन्धनका साझा उम्मेदवार गुरुङ र स्वतन्त्रको उम्मेदवारी खारेज

बुटवल - रुपन्देही २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका राजु गुरुङ र हाम्रो नेपाली पार्टीका उम्मेदवार डा. कमल भुसाल(निकोलस)को उम्मेदवारी खारेज भएको छ ।

उम्मेदवार हुन अयोग्य देखिएको भन्दै मंगलवार निर्वाचन अधिकृतको कार्यालयले उनीहरुको उम्मेदवारी खारेज गरेको हो । हाम्रो नेपाल पार्टीको चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका निकोलस भनिने कमल भुसालले आफूलाइ स्वतन्त्र उम्मेदवार भनेर प्रचार गरेका थिए ।

उम्मेदवार गुरूङ आँफै अध्यक्ष रहेको नर्थ वेष्ट नेपाल इन्फा प्रालिले तिर्नुपर्ने २ करोड २५ लाख रुपैंया नतिरेको भन्दै अदालतमा २०७६ सालमै बैंकिङ कसुर सम्बन्धी उजुरी परेको थियो । अदालतले बेष्ट प्रोजेक्ट कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका अध्यक्ष अन्जित बिष्टलाई तिर्नुपर्ने दायित्व नतिरेको भन्दै २०७८ मंसिर २१ गते नै फैसला गरेको थियो ।

काठमाण्डौं जिल्ला अदालतका न्यायाधीश युवराज गौतमको इजलासले नर्थवेष्ट नेपाल इन्फा प्रालि, गुरुङसहितका ६ जनालाई विनिमय अधिकार पत्र ऐन २०३४ को दफा १०७ (क) बमोजिम जनही २ हजार रुपैंया जरिवानासहित मागदाबी अनुसारको बिगो तिराउने फैसला गरेको थियो । निर्वाचन कानुनले अदालतको बैंकिङ कसुरमा सजाय पाएको र कुनै पनि कालो सूचिमा परेको व्यक्ति उम्मेदवार बन्न नपाउने उल्लेख गरेको छ ।

चिकित्सा शास्त्र अध्ययन संस्थानमा सरकारी छात्रबृत्तिमा अध्यनरत भुसाल चुनाव लड्न पाउँदैनन् । यसअघि अायाेगले सूचना ढिलाइ गरेकाे भन्दै अालाेचना भएकाे थियाे ।

गठबन्धनबाट साझा उम्मेदवार बनेका नेकपा एसका राजु गुरूङ, स्वतन्त्र उम्मेदवार भन्दै अाएका डाक्टर निकाेलस भुसाल र हेमराज बस्याल तीनै जनाकाे उम्मेदवारी खारेज भएकाे अायाेगले जारी गरेकाे सूचनामा जनाइएकाे छ ।

प्रतिकृया दिनुहोस्