×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भगवान भनेकै बुवा–आमा हुन् : मेयर रेनु दाहाल

भगवान भनेकै बुवा–आमा हुन् : मेयर रेनु दाहाल

चितवन- भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भगवान भनेकै बुवा–आमा भएको बताउनु भएको छ । भरतपुर वडा नम्बर २५ ले अयोजना गरेको ८० वर्ष पुरा भएका जेष्ठ नागरिकलाई सम्मान तथा अभिनन्दन कार्यक्रममा उहाँले विश्वका केही देशमा आफ्ना सन्तानले बुवा–आमाको तस्वीर राखेर पुजा गर्ने चलन अहिले पनि रहेको उल्लेख गर्नुभयो ।

नेपालमा पनि बुवा–आमालाई अहिले पनि भगवानकै ठाँउमा राखेर पुज्नेहरु छन्–मेयर दाहालले भन्नुभयो । तर, केही व्यक्तिहरुले भने वृद्धि बुवा–आमालाई वृद्धआश्रममा गएर छाड्ने परिपाटी दुखद भएको बताउनुभयो । बुवा–आमालाई हामीले सम्मान दिएनौ भने हाम्रा सन्ततीले त्यही सिको गर्ने उहाँको भनाई थियो ।

 

जेष्ठ नागरिकलाई सम्मान गर्ने वातावरण निर्माण गर्न समाजिक अभियान, सकारात्मक सोच र चिन्तनको विकास गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।
जेष्ठ नागरिकको सम्मानको लागि महानगरपालिकाले नीतिगत निर्णय गरी विभिन्न कार्यक्रमहरु अगाडि बढाएको मेयर दाहालले उल्लेख गर्नुभयो ।
जेष्ठ नागरिकका लागि एक वडा एक विश्रामस्थल, जेष्ठ नागरिकका सिप र अनुभवलाई ग्रहण गर्न पुस्तान्तरण कार्यक्रम, असल छोरा बुहारीलाई सम्मान कार्यक्रम, वडाका जेष्ठ नागरिकलाई सम्मान तथा तिर्थयात्रा गर्न बजेट विनियोजन गर्ने गरेको मेयर दाहालले जानकरी दिनुभयो ।
बुवा–आमालाई हेला–होचो गर्ने अवस्थालाई न्युनिकरण गरी सबै घरमा खुसीयाली ल्याउन महानगरपालिकाले प्रयास गरिरहेको उहाँले औल्याउनुभयो । समाजमा देखिएका गलत सोच र विकृतिलाई निरुत्साहित गर्दै सुन्दर र सुसंस्कृत सहर निर्माण गर्न सबैले हातेमालो गर्नुपर्ने मेयर दाहालको भनाई थियो ।
महानगरपालिकामा विगत ५ वर्षमा अधिकांश वडाहरुमा जेष्ठ नागरिक विश्रामस्थल निर्माण भईसकेको र निर्माण हुन बाँकी रहेका वडाहरुले जग्गाको पहिचान गरेर आए भवन निर्माण गर्न बजेट विनियोजन गरिने मेयर दाहालले प्रष्ट पार्नुभयो ।


भरतपुरमा विकासको गतिले लय लिई सकेकाले अबको ५ वर्षभित्र ठुलो फड्को मारिने उहाँले बताउनुभयो । भरतपुरमा शिक्षा, स्वास्थय, पूर्वाधार, सडक पूर्वाधार, खानेपानी लगायतका क्षेत्रमा ठुलो फड्को मारेकै कारण पुनः जनताले निर्वाचित गरेर जिम्मेवारी सुम्पिएको उहाँको भनाई थियो ।
यसैबीच बुधबार नै भरतपुर–२५ मा रहेको शान्तिनिम टोल विकास संस्थाको नवर्निमित भवनको एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख दाहालले उद्घाटन गर्नुभयो । संस्थाको भवन निर्माणका लागि महानगरपालिकाले रु पाँच लाख रुपैयाँ विनियोजन गरेको थियो ।
–––

प्रतिकृया दिनुहोस्