×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमालेलाई नजिस्क्याउनुस्, कागजको बाघले तर्साउन सक्दैन: केपी ओली

एमालेलाई नजिस्क्याउनुस्, कागजको बाघले तर्साउन सक्दैन: केपी ओली

काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई नजिस्क्याउन सरकार र सत्तारुढ दलहरूलाई कडा चेतावनी दिएका छन्। शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित बागमती प्रदेश कमिटीको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई उत्तेजित पार्ने दुस्साहस नगर्न सचेत गराएका हुन्।

सम्बोधनका क्रममा आक्रामक रूपमा प्रस्तुत भएका ओलीले भने, "एमालेलाई उत्तेजित बनाउने र जिस्क्याउने काम नगर्नुस्। लोकतन्त्रमाथि योभन्दा बढी आक्रमण गर्न सकिन्छ भनेर भ्रम नपाल्नुस्। यदि योभन्दा अगाडि बढ्छु भन्ने ठान्नुहुन्छ भने त्यो तपाईंका लागि हितकर हुने छैन।"

अध्यक्ष ओलीले वर्तमान सरकारको उत्पत्ति नै असंवैधानिक बाटोबाट भएको दाबी गरे। अहिलेको सरकार गठन प्रक्रियालाई अदालतले समेत उचित ठहर गर्न नसक्ने जिकिर गर्दै उनले एमाले पुनः संवैधानिक तवरले सरकार गठन गर्ने बाटोमा लागेको बताए। उनले संसद् पुनर्स्थापनापछि सर्वपक्षीय सरकार निर्माण गरिने धारणा समेत राखे।

विपक्षीहरूलाई व्यंग्य गर्दै ओलीले अहिले देखिएका शक्तिहरूलाई 'कागजको बाघ' को संज्ञा दिए। "अहिले देखा परेका बाघ कागजका बाघ हुन्। कागजको बाघले तर्साउन नखोजे हुन्छ," उनले भने। यदि सरकार र दलहरू लोकतान्त्रिक बाटोमा नफर्किए जनता आफैं अघि बढ्ने र त्यसको नेतृत्व एमालेले गर्ने उनको भनाइ थियो।

सरकारले भदौ २४ गतेको घटनालाई महिमामण्डन गरेको भन्दै ओलीले तीव्र असन्तुष्टि पोखे। प्रधानमन्त्री सुशीला कार्कीप्रति लक्षित गर्दै उनले प्रधानमन्त्रीको पदमा रहँदैमा आगजनी, तोडफोड र आतंकलाई सही ठहर्‍याउन नसकिने बताए।
 

प्रतिकृया दिनुहोस्