×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

टी-२० विश्वकप : भारतविरुद्धको खेल अघि अमेरिकालाई ठुलो झट्का,कप्त्नान मोनांक पटेल नखेल्ने

टी-२० विश्वकप : भारतविरुद्धको खेल अघि अमेरिकालाई ठुलो झट्का,कप्त्नान मोनांक पटेल नखेल्ने

काठमाडौं - भारतविरुद्धको टी–२० विश्वकप क्रिकेटको महत्वपूर्ण खेल सुरु हुनुअघि नै अमेरिकी टिमका नियमित कप्तान मोनांक पटेल नखेल्ने भएका छन् ।  काँधको चोटका कारण मैदानबाहिर रहँदा अमेरिकी टोलीलाई ठूलो झट्का लागेको छ।

न्यूयोर्क. पटेलको स्थानमा स्टार ब्याट्सम्यान आरोन जोन्सले कप्तानको जिम्मेवारी सम्हालेका छन् । चोटको गम्भीरता अझै थाहा हुन सकेको छैन र शुक्रबार आयरल्याण्डविरुद्ध अमेरिकाको अन्तिम समूह खेलमा पटेल निको हुने आशा गर्न सकिन्छ।

कप्तान रोहित शर्माले टस जितेर अमेरिकाविरुद्ध बलिङ रोजेका थिए भने प्रतियोगिताको सहआयोजकले आफ्नो प्लेइङ ११ मा दुई परिवर्तन गरेको थियो जसमा पटेलको स्थानमा शायान जहाँगीर र बायाँ हाते स्पिनर नोस्थुश केन्जिगको स्थानमा शाडली भान शाल्कविकलाई समावेश गरिएको थियो ।

प्रतिकृया दिनुहोस्